२ करोड लगानीमा पोखरा न्युरोडमा खुल्याे बेरी लाउन्ज एन्ड बार

-



     सफल आवाज    
     वैशाख ८ गते २०८१ मा प्रकाशित



पाेखरा, ७ बैशाख । पोखरा न्युरोडको लेखनाथ मार्गमा बेरी लाउन्ज एन्ड बार सञ्चालनमा आएको छ । केही महिनाअघिबाट अनौपचारिक रुपमा सेवा सुरु गरिसकेकाे उक्त लाउन्ज एन्ड बारमा शनिबार आयोजित समारोहमा नायिका वर्षा राउतले औपचारिक रुपमा उद्घाटन गरिन् ।

बालबालिकाको क्षेत्रमा काम गर्दै आएको अन्तर्राष्ट्रिय संगठन किवानिज क्लब अफ पोखरामा आवद्ध युवाहरुको समूहले लाउन्ज सञ्चालन गरेका हुन्। क्लबका संस्थापक अध्यक्ष, किवानिज डिस्ट्रिक्टका लेफ्टिनेन्ट गभर्नर तथा लाउन्ज संचालक नवीन पौडेलले सय वर्षभन्दा लामो इतिहास भएको अन्तर्राष्ट्रिय क्लब किवानिज पोखराका मन मिल्ने युवा व्यवसायीले व्यवसायिक रुपमा यसमा सहकार्य गरेको बताए। युवा व्यवसायी पौडेल पाेखरा न्युराेडकाे जेनेक्स कम्प्युटरका संचालक पनि हुन् ।

करिब २ करोड लगानी भएको छ । शनिबार ग्रान्ड ओपनिङपछि विभिन्न सांगीतिक कार्यक्रम, लाइभ म्युजिकसमेत हुने सञ्चालक सुमेश बास्तोला बताए । पोखराको न्युरोडमा अन्यत्रको तुलनामा गुणस्तरीय र सस्तो दरमा सेवा दिने उद्देश्यले लाउन्ज सञ्चालन गरेको क्लब अध्यक्ष सुवास अधिकारीको भनाइ छ ।

यहाँ सस्तो मूल्यमा गुणस्तरीय खाना र पेय पदार्थहरु उपलब्ध गराउने लक्ष्य छ । कफी शप र स्वादिष्ट खानासँगै ७० जना क्षमताको हल र २ सय जनासम्मलाई पार्टी दिन सक्ने क्षमता रहेको अधिकारीले बताएका छन ।