आज अमेरिकी डलर र यूरोसहित अन्यकाे भाउ स्थिर

-



     सफल आवाज    
     वैशाख ९ गते २०८१ मा प्रकाशित



काठमाडौं, ९ वैशाख । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन अमेरिकी डलर र यूरोसहित अन्यकाे भाउ स्थिर रहेकाे छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ २६ पैसा र बिक्रिदर १ सय ३३ रुपैयाँ ८६ पैसा रहेको छ । यूरो १ को खरिददर १ सय ४१ रुपैयाँ ९२ पैसा र बिक्रीदर १ सय ४२ रुपैयाँ ५६ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १ सय ६५ रुपैयाँ ७३ पैसा र बिक्रीदर १ सय ६६ रुपैयाँ ६७ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १ सय ४६ रुपैयाँ ५८ पैसा र बिक्रीदर १ सय ४७ रुपैयाँ २४ पैसा रहेको छ।

अष्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ४२ पैसा र बिक्रीदर ८५ रुपैयाँ ८० पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९७ रुपैयाँ २१ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले जनाए अनुसार यसिदन सिंगापुर डलर १ को खरिददर ९७ रुपैयाँ ८५ पैसा र बिक्रीदर ९८ रुपैयाँ २९ पैसा रहेको छ ।

मुद्राको भाउ अन्तराष्ट्रिय अर्थतन्त्र, व्यापार, विभिन्न घटनाक्रम, उत्पादन र ति वस्तुको आयात निर्यात लगायतका विभिन्न कारणहरूबाट प्रभावित हुने गर्दछ

आजको मूल्यसूची