कामना सेवा विकास बैक र  इन्जा  सपिङ कम्प्लेक्स बीच सम्झौता

-



     सफल आवाज    
     वैशाख १४ गते २०८१ मा प्रकाशित



काठमाडाैं, १४ बैशाख । कामना सेवा विकास बैंकले तिलोत्तमा, रुपन्देहीकाे इन्जा  सपिङ कम्प्लेक्ससँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ।

याे सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले शपिङ कम्प्लेक्सको विभिन्न सेवा जस्तै कपडाहरु, घरायसी र इलेक्ट्रोनिक उपकरण, एफएमसीजी–फुड तथा एफएमसीजी–नन–फुडमा १० प्रतिशत छुट सम्म प्राप्त गर्न सक्नेछन्।

ग्राहकहरुले बैंक सँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ।

हाल बैंकले आफ्ना १ सय ३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरिरहेको छ ।