दिलकुमारी फाउन्डेशन अमेरिकाद्वारा बिद्यार्थीलाई पोसाक सहयाेग

-



     सफल आवाज    
     वैशाख १५ गते २०८१ मा प्रकाशित



काभ्रे, १५ बैशाख । बनेपा-६ काभ्रेमा रहेको भक्तेश्वर माबिका बिद्यार्थीले पोसाक पाएका छन । अमेरिकामा रही नेपालमा सामाजिक सेवामा सक्रिय संस्था दिलकुमारी केसी मेमोरियल फाउन्डेशनले बिद्यार्थीलाई पोसाक बितरण गरेको हो । उक्त बिद्यालयमा अध्ययरत जेहन्दार, अार्थिक अवस्था कमजोर भएका ३ सय २० जना बिद्याथीले पोसाक पाएका छन ।

फाउन्डेशनले गरिब, पिछडिएका जाति तथा सिकाइमा समस्या भएका बालबालिकाहरुलाई लक्षित गरी बिभिन्न जिल्लाका सरकारी बिद्यालयमा पढ्ने बालबालिकालाई सहयोग गर्दै आईरहेको छ । `दिलकुमारी फाउन्डेशन मार्फत हामीले नेपालका बिभिन्न क्षेत्रमा सहयोग गर्दै आएका छौं´ दिलकुमारी केसी फाउन्डेशन अमेरिकाका अध्यक्ष नबराज केसीले भने `सामाजिक सेवाका कामहरूलाई अझै तिब्रता दिनेछौ ।´

अमेरिकामा गैरनाफामुखी संस्थाको रूपमा दर्ता भएको उक्त फाउन्डेशनले बिद्यार्थीलाई पोसाक, कम्प्यूटर, देखि भौतिक पूर्वाधार निर्माणमा समेत सघाउदै अाईरहेको छ । पोसाक बितरण समारोहमा बनेपा नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि शान्तिरत्न शाक्यले आफ्नो नगरभित्रका बालबालिकाहरुलाई लाभ हुनेगरी कार्यक्रम संचालन गरेकोमा संस्था प्रति धन्यवाद प्रदान गरे ।

विशेष अतिथि धुलिखेल नगर प्रमुख अशोक व्यांजूले संस्थाले गर्दै आएको कार्यक्रमका बारेमा यस अघि पनि आफूले चासोका साथ हेरेको भन्दै कार्यक्रमको प्रशंसा गरे । बनेपा वडा नं ६ का वडा अध्यक्ष सचितानन्द के.सीले आफ्नो वडामा रहेको सामुदायिक विद्यालयको विकासमा आफू सधै लागिपरेको बताउँदै संस्थाले विद्यालयका विद्यार्थीहरुलाई उपलब्ध गराएको सहयोग प्रति धन्यवाद दिएका थिए ।