इलाम-२ मा काे मतगणना आज पूर्वान्ह ११ बजेबाट हुने

-



     सफल आवाज    
     वैशाख १६ गते २०८१ मा प्रकाशित



इलाम, १६ वैशाख । इलाम-२ मा भएकाे उपनिर्वाचनकाे मतगणना आज पूर्वान्ह ११ बजेबाट सुरू गरिने भएको छ। आज बिहान बसेको सर्वदलीय बैठकले ११ बजेबाट मतगणना सुर गर्ने निर्णय गरेको हो । 

मुख्य निर्वाचन अधिकृत केशव प्रसाद घिमिरेका अनुसार फाकफोकथुम गाउँपालिकाबाट मतगणना सुरू हुनेछ । चुलाचुली, माङ्सेबुङ, माई, देउमाई र इलामको मतगणना क्रमैसंग गरिनेछ। मतगणना इलामकाे गौतम बुद्ध सभा हलमा हुनेछ । 

मतगणना स्थल सुरक्षा घेरामा रहेकाे छ । ११ वटा सीसीटीभी जडान गरिएको छ भने मतगणनाको नतिजा इलाम चोक बजारमा रहेकाे ‘डिस्प्लेमा देखाइर्सने भएकाे छ।