एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा अर्जुन खनियाकाे बढुवा

-



     सफल आवाज    
     वैशाख १६ गते २०८१ मा प्रकाशित



काठमाडाैं, १५ बैशाख । एनआईसी एशिया बैंकले हाल सहायक महाप्रबन्धकमा कार्यरत अर्जुनराज खनियालाई सहायक प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरेको छ ।

सन् २००४ देखि बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका खनियाले यसअघि बैंकका विभिन्न शाखा, विभागहरुमा काम गरी सकेका छन । उनले सन् २००४ मा नेपाल बैंक लिमिटेडमा आन्तरिक लेखापरीक्षकको रुपमा बैंकिङ यात्रा सुरु गरेका थिए ।

यसैगरि खनिया सन् २०१० मा तत्कालीन बैंक अफ एशिया नेपालमा शाखा प्रमुखको रुपमा नियुक्त भएका थिए । पछिल्लाे समय उनी बैंकको प्रमुख सूचना अधिकारीको भूमिकामा थिए ।