महालक्ष्मी विकास बैंकद्वारा अग्नी पिडितलाई सहयोग

-



     सफल आवाज    
     वैशाख १७ गते २०८१ मा प्रकाशित



काठमाडौं, १७ बैशाख । महालक्ष्मी विकास बैंकले आगलागी पिडितलाई राहत सामग्री सहयोग गरेको छ । बैकले महोत्तरीको मटिहानी नगरपालिका वडा नं ६ मा आगलागीका कारण घरबारविहीन भएका पिडित परिवारलाई राहत सामग्री सहयोग गरेको हाे ।

मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल र बैंकका मधेस प्रादेशिक कार्यालयका प्रमुख सुदिपचन्द्र पोखरेलले जनकपुर शाखाका कर्मचारीको सहभागितामा पिडित परिवारलाई राहत सामाग्री हस्तान्तरण गरेका थिए । बैंकले प्रदान गरेको सहयोगले असहज परिस्थितिमा पिडित परिवारको आधारभूत आवश्यकता पूरा गर्न मद्धत पुग्ने विश्वास लिएको छ ।

साे अवसरमा बैकले १ सय ५० घरपरिवारका करिव ५ सय ४५ जना सदस्यलाई राहत सामग्री वितरण गरेकाे बताएकाे छ । बैंकले राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २ लाख ५० हजार रुपैँया बराबरको ७५० केजी आटा, ७५० केजी चामल, ७५ केजी दाल, ७५ लिटर तेल, १५० प्याकेट नुन, ४५० वटा नुहाउने र लुगा धुने साबुन, १५० कार्टुन चाउचाउ लगायतका खाद्यान्नहरु सहयोग गरेको थियाे ।

बैंकले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका लागि विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने जनाएको छ ।