एमालेको गण्डकीका जनप्रतिनिधिलाई ३ दिने प्रशिक्षण शुरु

-



     सफल आवाज    
     वैशाख २२ गते २०८१ मा प्रकाशित



पोखरा, बैशाख २२ । ने क पा(एमाले)ले स्थानीय तहमा आफ्नो पार्टीबाट निर्बाचित जनप्रतिनिधिहरूलाई आयोजना गरेको तिन दिने प्रशिक्षण शनिबार पोखरामा  शुरु भएको छ ।

प्रशिक्षणको पार्टी स्थायि कमिटी सदस्य थममाया थापाले उदघाटन गरिन् । एमालेकाे  नेतृत्वमा रहेका पालिकाहरू सुशासन र बिकासका नमूना बनाउने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको उल्लेख गरिन् । आफ्नो पार्टीले पारदर्शिता जवाफदेहिता सहितको विधिको सुशासनमा जोड दिदै आएको र आफ्ना जनप्रतिनिधि त्यसमा अब्बल हुनुपर्ने मान्यता अनुरुप काम गर्न आग्रह गरिन्।  

एमाले गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माले पार्टी र जन-प्रतिनिधि बिचको समन्वय र सहकार्यले मात्रै निर्धारित लक्ष्य पुरा हुने भन्दै सुखी नेपाली सम्वृद्ध नेपालको  सपना पुरा गर्न प्रशिक्षण फलदायी हुने बिश्वास ब्यक्त गरे।

प्रदेश कमिटि सचिब धनन्जय दवाडीले जनताका काम थप मजबुत तवरले  छिटो छरितो परिणाममुखी बनाउन सहजीकरण होस् भन्ने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको बताए । एमाले पोलिटब्युरो सदस्य तथा केन्द्रीय स्थानीय बिकास बिभाग प्रमुख देबेन्द्र दाहाल, सचिब हर्कराज राइ पार्टीको केन्द्रीय स्कुल बिभाग सदस्य रामशरण प्याकुरेल सहितका नेताहरूले उक्त प्रशिक्षणमा सहजिकरण  गर्ने सचिब  दवाडीले बताए ।

प्रशिक्षणमा  एमालेबाट  गण्डकी प्रदेशका स्थानीय तहमा निर्बाचित प्रमुख, उप-प्रमुख, जिल्ला समन्वय समितिका प्रमुख, उप- प्रमुख र प्रत्येक जिल्लाबाट एक जना  वडा अध्यक्षसहित पार्टीका जिल्ला कमिटि अध्यक्ष र इन्चार्जहरू गरी करिब एक सय जनाको सहभागिता रहेको ने क पा एमाले गण्डकी प्रदेशका उप- सचिब तथा प्रचार एबम  प्रकाशन बिभाग प्रमुख मन्जु अधिकारीले जानकारी दिइन्।