राष्ट्रिय वाणिज्य बैंकको सीईओका लागि २० जनाले दिए आवेदन

-



     सफल आवाज    
     वैशाख २८ गते २०८१ मा प्रकाशित



काठमाडौं, २८ वैशाख । राष्ट्रिय वाणिज्य बैंकको रिक्त रहेकाे प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि २० जनाको आवेदन परेको छ । पूर्ण सरकारी स्वामित्वको यस बैंकमा करिब १ महिनादेखि सीईओ पद खालि छ ।

तत्कालीन सिइओ किरण श्रेष्ठले आफ्नो चार वर्षे कार्यकाल पूरागरी अवकाश गएपछि खाली भएको रिक्त पदको लागि बैंकभित्रबाट उच्च पदका कर्मचारीसहित २० जनाको आवेदन परेको हो ।

उक्त पदमा रामदेव यादव, विष्णु देव यादव, नरेश अर्याल, पवन रेग्मी, दुर्गा कुमारी कडेल, देवेन्द्र रमण खनाल, दीर्घ बहादुर अर्याल, प्रकाश चन्द्र अधिकारी, शंकर रायमाझी र कृष्ण बहादुर अधिकारीले आवेदन दिएका हुन् ।

त्यस्तै, अमग मुखिया, दुर्गा कुमारी कडेंल ( छत्कुली), नरेश राज अर्याल विष्णुदेव अर्याल, विष्णु बाबु मिश्र, , डा राजाराम उपाध्याय, गणेशप्रसाद गौतम, सुरेश देवकोटा, शंकर केसी, प्रमोद बाबु तिवारी, कृष्ण प्रसाद आचार्य र माधव प्रसाद रेग्मीले आवेदन दिएकाे बताइएकाे छ ।