कोन सहकारीद्वारा १ सय ५७ जनाकाे ल्याव परिक्षण

-



     सफल आवाज    
     वैशाख २९ गते २०८१ मा प्रकाशित




पोखरा, २९ वैशाख । पोखरा महानगरपालिका १३ कुँडहर स्थित कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले स्वास्थ्य सचेतना तथा ल्याव परिक्षण सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ ।

रजत जयन्तीको अवसरमा सहकारीले आफ्नै भवनमा स्टार डाइग्नोसिस सेन्टर प्रालिको प्राविधिक सहयोगमा ल्याब परिक्षण कार्यक्रम गरेको हो ।

सहकारीको शिक्षा उपसमितिद्वारा सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित कार्यक्रममा १ सय ५७ जना सहभागी भएका थिए । वडा नं १३ का वडा अध्यक्ष किरण वरालले सचेतना तथा ल्याव परिक्षण कार्यक्रमले सदस्य तथा जनतालाई ठूलो गुण लगाएको बताए । वडा अध्यक्ष वरालले कोन सहकारीले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा दिन प्रतिदिन उल्लेखनीय कार्य गर्दै आएको चर्चा गरेका थिए ।

साे अवसरमा कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष तीर्थबहादुर बस्नेतले स्वागत तथा कार्यक्रमको वारे जानकारी दिएका थिए ।

पोखरा महानगरपालिका वडा न १० स्थित स्टार डाइग्नोसिस सेन्टर प्रालिका डा लक्ष्मण वाँस्तोलाले रगत जाँच गरेर हुने राम्रा पक्षको वारेमा जानकारी दिनु भएको कार्यक्रम शिक्षा उपसमितिका संयोजक खड्कवहादुर गुरुङ(खुसीमान)ले संचालन गरेका थिए ।

सोही अवसरमा स्टार डाइग्नोसिस सेन्टरमा हुने ल्याव परिक्षणमा ५० प्रतिशत छुट हुने गरी कोन सहकारीले सम्झौता समेत गरेको थियाे ।