कक्षा १२ काे परीक्षा दिएका विद्यार्थीलाई एनटिएचएमसिमा निःशुल्क तालिम

-



     सफल आवाज    
     वैशाख ३० गते २०८१ मा प्रकाशित



काठमाडाै‌, ३० वैशाख । नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजले १२ कक्षाकाे परीक्षा दिएर बसेका विद्यार्थीहरूकाे लागि आगामी जेठ ७ गतेबाट निःशुल्क तालिम आयाेजना गर्न लागेकाे छ ।

पाेखरा १४ छिनेडाँडामा रहेकाे हाेटल म्यानेजमेन्टकाे पढाइ हुने नेपालकाे पहिलाे नेपाल टुरिजम एण्ड हाेटल म्यानेजमेन्ट कलेजले यसअघि एसइइ दिएर बसेका विद्यार्थीका लागि निःशुल्क तालिम दिएको थियाे ।

कलेजका प्रिन्सिपल प्रकाश रेग्मीले जेठ ७ गतेबाट शुरू हुने तालिममा विद्यार्थीले वारिष्टा, बेकरी, हाउसकिपिङ, फुड एण्ड बेभरेज, कुलिनरी आर्टससहित ५ विधाका सिप सिक्न पाउने बताएका छन ।

याे तालिममा १२ कक्षा दिएर बसेका ७७ वटै जिल्लाका विद्यार्थीले आवेदन दिन पाउने रेग्मीले जानकारी दिए । उनले विद्यार्थीहरुमा अध्ययनकाे साथमा सिपकाे विकास गराउन, क्षमता बृद्धि र आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका रहने लक्ष्य रहेकाे बताए ।

तालिममा सहभागी हुनेहरूले खाना तथा यातायातको सुविधा पाउने भएका छन् । यस तालिममा १२ कक्षाकाे परिक्षा दिएर बसेका १ सय विद्यार्थीले सिप सिकाइकाे फाइदा लिन सक्नेछन् ।

हामीकहाँ तालिमका लागि मधेश, लुम्विनी, कर्णाली प्रदेशका तथा गण्डकीका बिद्यार्थी ‘सरिक हुने गरेका छन् । एसइइ दिएर बसेकाहरूकाे लागि गरिएकाे तालिममा सर्लाही, दाङ, कपिलबस्तु, गोरखा, सल्यान लगायतका जिल्लाबाट विद्यार्थी सहभािग भएका थिए ।

प्रिन्सपल रेग्मीका अनुसार १२ कक्षाका सकेका विद्यार्थीलाई प्रत्येक पाँच विधकाका लागि २०, २० जना राखेर सिप सिकाइने छ । स्वराेजगार बन्न, अरूलाई राेजगारी पनि दिन यस्ता तालिम सहयाेगि हुन्छन्, प्रिन्सिपल रेग्मीले भने, तालिममा लक्षित् संख्याभन्दा बढेर १५० सम्म पुग्ने गरेकाे अनुभव रहेकाे बताए ।

उनले कलेज स्थापनाकाे २५औ वर्षकाे सन्दर्भ पारेर विभिन्न कार्यक्रम गरिरहेकाे बताए । ति मध्येमा सिपयुक्त तालिम पनि रहेका छन्।