पाेखरा वडा नं ३ मा गुडिया निर्माण तालिम सम्पन्न

-



     सफल आवाज    
     वैशाख ३१ गते २०८१ मा प्रकाशित



पाेखरा, ३१ वैशाख । पोखरा महानगरपालिका वडा नं ३ को आयोजनामा आयाेजित ७ दिने गुडिया निर्माण तालिम सम्पन्न भएकाे छ । वडाका २५ जना दिदी बहिनीहरू सहभागि तालिम शाक्य समाज घरमा गरिएकाे थियाे । समापन कार्यक्रममा सहभगिहरूई प्रमाणपत्र वितरण गरिएकाे थियाे ।

वडा नं ३ की वडा सदस्य तथा कार्यक्रम संयोजक सावि परिवारको सभाध्यक्षतामा भएकाे कार्यक्रममा काबा वडा अध्यक्ष शान्ति पराजुलीले तालिममा सिकेको गुडिया निर्माणकाे सिपलाई व्यवहारमा उतार्नु पर्नेमा जाेड दिइन् । उनले तालिमले महिलालाई आत्म निर्भर बन्नका लागि सघाउ पुग्ने भन्दै शुभकामना व्यक्त गरिन् ।

कास्की पोखरा हस्तकला संघका उपाध्यक्ष तथा स्वस्तिक हस्तकला उद्योग पोखरा १ की प्रोप्राइटर सीता गुरुङले राम्रो र बिक्री गर्न लायकका गुडिया निर्माण गरेमा बजारीकरणमा सहयोग गर्ने प्रतिबद्धता जनाइन्।

वडा सदस्य सनकमान सीकेले सहभागिलाई स्वागत गरेका थिए । निवर्तमान वडा सदस्य लक्ष्मी पराजुली, शाक्य समाजका अध्यक्ष तेज नारायण शाक्यले दिदी बहिनीले तालिममा सिकेका कुराहरूलाई सिकाइकाे क्रममा गुडिया बनाएकाे देखेर खुशी व्यक्त गरे । उनीहरूले महिलाहरूलाई आय आर्जनकाे बाटाेमा यसरी जाेडिन आग्रह गर्दै शुभकामना व्यक्त गरे ।

तालिममा सहभागिकाे तर्फबाट भावना पन्वित बिष्टले तालिम फलदायी भएकाे र आगामि दिनमा पनि महिलाहरूका लागि थप आय आर्जन हुने खालका कार्यक्रम ल्याउन वडालाई सुझाइन् ।