एनआईसी एशिया बैंक तथा एनआईसी एशिया क्यापिटलमा निःशुल्क डिम्याट खाता खोल्न सकिने

-



     सफल आवाज    
     जेठ १ गते २०८१ मा प्रकाशित



काठमाडाैं, १ जेठ। एनआईसी एशिया बैंक र एनआईसी एशिया क्यापिटलमा निःशुल्क डिम्याट खाता खोल्न सकिने भएकाे छ ।

एनआईसी एशिया क्यापिटलले विगत लामो समयदेखि “एक नेपाली, एक डिम्याट खाता” अभियान संचालन गरी एनआईसी एशिया बैंकको सम्पूर्ण शाखा कार्यालयहरुबाट निक्षेप सदस्य अन्तर्गतका सेवाहरु प्रदान गर्दै आइरहेको थियाे ।

उक्त “एक नेपाली, एक डिम्याट खाता” अभियान मार्फत देशको दुर दराजमा बसोबास गर्ने नेपालीहरुमा डिम्याट खाताको पहुँच विस्तार गर्ने मुख्य उद्देश्यका साथ एनआईसी एशिया क्यापिटल लिमिटेड, क्यापिटलको शाखा कार्यालयहरु, एनआईसी एशिया अनलाईन डिम्याट सेवा र एनआईसी एशिया बैंक लिमिटेडको सम्पूर्ण शाखा कार्यालयहरुबाट जेठ १ गतेदेखि २०८१ आषाढ मसान्तसम्म निःशुल्क डिम्याट खाता खोलिदिने र पहिलो वर्षको डिम्याट खाता संचालन शुल्कमा छुट दिने व्यवस्था मिलाइएको बताइएकाे छ।

एनआईसी एशिया क्यापिटलले पछिल्लो समयमा आफ्नो सेवाहरुलाई प्रविधिको प्रयोग गरी आम सर्वसाधारणहरुलाई क्यापिटलको सेवा “लाईनमा होईन online” मा भन्ने नारा सहित क्यापिटलको अधिकांश सेवाहरु अनलाईन मार्फत लिन मिल्ने व्यवस्था मिलाएकाे छ ।

क्यापिटलको वेभसाइट मार्फत सहजै निःशुल्क रुपमा डिम्याट खाता खोल्न सकिने ब्यवस्था गरिएकाे एनआईसी एशिया क्यापिटलले जनाएकाे छ ।