लायन्सको सहयोगमा म्याग्दी बहुमुखी क्याम्पसमा बन्याे ५ कोठे भवनसहितकाे विज्ञान प्रयोगशाला

-



     सफल आवाज    
     जेठ १ गते २०८१ मा प्रकाशित



पाेखरा, १ जेठ। लायन्स क्लब्स् डिष्ट्रिक्ट ३२५ आइ नेपालको पहल तथा संयाेजनमा लायन्स अन्तर्राष्ट्रिय फाउण्डेसनको ग्रान्ट तथा स्थानीय लायन्स क्लबहरुकाे सहयाेगमा म्याग्दी बहुमुखी क्याम्पस परिसरमा ५ कोठे भवनसहितकाे विज्ञान प्रयोगशाला निर्माण भएकाे छ। 

लायन्स अन्तर्राष्ट्रिय फाउण्डेसन (LCIF) को १ करोड २० लाख र म्याग्दीमा रहेका स्थानीय लायन्स क्लबहरुको ४० लाख ६५ हजार गरी १ करोड ६५ लाख नगद लगानीमा म्याग्दी क्याम्पसमा बीएड साइन्समा अध्ययनरत विद्यार्थीको सुविधाका लागि ५ कोठे भवनसहित विज्ञान प्रयोगशाला निर्माण गरिएकाे डिष्ट्रिक्ट ३२५ आइ नेपालका डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीले बताएका छन।

लायन्स इन्टरनेशनल डाइरेक्टर बालकृष्ण बुर्लाकोटीले एक समारोहबीच उक्त भवन तथा विज्ञान प्रयोगशालाको उद्घाटन गरे। क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष सोमनाथ ढुङ्गानालाई इन्टरनेशनल डाइरेक्टर बुर्लाकोटीले भवनकाे साँचाे हस्तान्तरण गरेका थिए।

कार्यक्रममा मन्तब्य राख्दै इन्टरनेशनल डाइरेक्टर बालकृष्ण बुर्लाकोटीले म्याग्दी बहुमुखी क्याम्पसमा ५ कोठे भवन र विज्ञान प्रयोगशाला निर्माण गरेर शैक्षिक क्षेत्रमा सहयाेग गर्न पाएकाेमा खुसी ब्यक्त गर्दै प्रदान गरिएका सामाग्रीकाे यथाेचित संरक्षण गरि उपयाेग गर्न अनुराेध गरेका थिए।

लायन्सद्वारा नवनिर्मित उक्त विज्ञान प्रयोगशाला भवनमा फिजिक्स, केमेष्ट्री र बायोलोजीका छुट्टा-छुट्टै ल्याब, एउटा कार्यालय कक्ष र अर्को अध्यापन कक्षा रहेकाे क्याम्पस प्रमुख गोरखबहादुर जिसीले बताएका छन।