नेपाल एसबिआई बैंक र वन्डर्स नेपालबीच छुट सम्झाैता

-



     सफल आवाज    
     जेठ २ गते २०८१ मा प्रकाशित



काठमाडाैं, २ जेठ । नेपाल एसबिआई बैंक र वन्डर्स नेपाल प्रा. लि. बीच बैंकका सम्पुर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी स्काईवाक टिकटमा २० प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ ।

सम्झौतामा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत राजेश कूमार पंडा र वन्डर्स नेपाल प्रा.लि का प्रमुख कार्यकारी अधिकृत कविन्द्रप्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन ।

साे सम्झौता बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार दे, प्रमूख संचालन अधिकृत यादवेंद्र कांत, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत रितेश अर्याल, बागमति प्रदेशका प्रमुख बिनोद कुमार ढुंगेल र बैंक तथा वन्डर्स नेपाल प्रा. लि.का अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेकाे थियाे ।