नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा ज्ञानेन्द्र ढुङ्गाना पुनः नियुक्त

-



     सफल आवाज    
     जेठ ४ गते २०८१ मा प्रकाशित



काठमाडौं, ४ जेठ । नबिल बैंक लिमिटेडले हालका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानालाइ पुनः दोस्रो कार्यकालका लागि नियुक्त गरेकाे छ। बैंक सञ्चालक समितिको बैठकले २०८१ साल असार १७ गतेदेखि लागू हुने गरी ढुङ्गानालाई थप दुई वर्षका लागि प्रमुख कार्यकारी अधिकृत पदमा पुनः नियुक्त गरेको हो ।

नेपाल राष्ट्र बैंक लगायत विभिन्न वाणिज्य बैंकको व्यवस्थापन तह तथा नेतृत्वदायी भूमिकामा रही २७ वर्ष भन्दा बढी बैंकिङ क्षेत्रको अनुभव लिएका ढुङ्गानालाई कुशल नेतृत्व र कार्यशैलीकै कारण सञ्चालक समितिले थप दुई वर्षका लागि पुनःबहाली गरेको बैंकले जनाएको छ ।

चार्टड एकाउन्टेन्ट समेत रहेका ढुङ्गानाको पूर्वाधार विकास तथा निर्माण परियोजना सम्बन्धी बैंकिङ लगानीको क्षेत्रमा विशेष दख्खल रहेकाे छ । नबिल बैंकमा प्रमुख कार्यकारी अधिकृत बन्नुअघि उनले नेपाल बङ्गलादेश बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतका रूपमा नेतृत्व गरेका थिए ।