कुमुदिनीमा उत्प्रेरक डा.कटुवालले भने- ‘शिक्षासंगै असल संस्कारले असल नागरिक बनाउछ’

-



     सफल आवाज    
     जेठ ५ गते २०८१ मा प्रकाशित



पोखरा, ५ जेठ। “सधै उच्च लक्ष्य” लिएर अगाडी बढिरहेको पोखराको प्रतिष्ठित शैक्षिक संस्था कुमुदिनी होम्स माध्यमिक विद्यालयले आज १ कक्षा देखि ५ कक्षा सम्मका अभिभावकहरुका लागि एकदिने शैक्षिक परामर्श कार्यक्रम सम्पन्न गरेको छ ।

‘शिक्षा र संस्कारको लागि असल अभिभावकको भूमिका’ विषयक उत्प्रेरणा कार्यक्रममा काठमाडौंबाट पोखरा आएका प्रख्यात मनोपरामर्शकर्ता तथा उत्प्रेरक रबिन कटुवालले देशका असल नारिक बनाउन स-सानो उमेरबाटै बालबालिकालाई असल अभिभावकको असल संस्कार आवश्यक हुनेमा जोड दिए ।

विद्यालयको पढाईले मात्रै पुग्दैन । विद्यालयमा विद्यार्थीलाई अध्ययनको साथसाथै अतिरीक्त कक्षाहरु र सिकाईले राम्रो गन्तव्य बनाई दिइएको हुन्छ । यसैमा सबै ठिकठाक हुन्छ भनेर बस्ने छुट अभिभावकमा नभएको उनले बताए । उनले भने, हामीले पठनपाठनको क्रममा सैद्धान्तिक, व्यवहारिक दुबै तवरले सिकाउछौं दुईमत छैन तर घरको वातावरण पनि बालबालिकामैत्री हुनुपर्छ । उनिरुहरुसंगको संगत सकारात्मक उर्जा दिने खालको हुनुपर्छ र त्यो वातावरण घरैबाट तयार पार्नुपर्छ ।

एउटा विद्यार्थी अध्ययन सकेर लक्का जवान भईसक्दा पढाईमा अब्बल अंक प्राप्त गरेको होस् त्यो ठिकै छ तर व्यवहारिक सिकाई, सहयोगी, उपकारी, सहयोगी र संस्कारी भएन भने प्रगतिमा वाधा पर्न सक्छ ।

बाबुनानीसंग उनीहरुको भावनामा ठेस लाग्ने वा नकारात्मक असर गर्ने क्रियाककापहरु गर्नुहुँदैन । घरेलु झगडा, बैमनस्यता, अशान्ति र अभद्रताले बालबालिकालाई भविष्यको सपना साकार पार्ने सोचमा अफ्ठेरो पार्ने भएकोले सर्वदा उनीहरुलाई सकारात्मक र प्रफुल्ल बनाउने वातावरण बनाउनु अभिभावकको दायीत्व भएको बताए।

‘कुशल अभिभावक बन्नु पनि एउटा कला हो ।’ यो कला भएको परिवार असल परिवार हुन्छ र छोराछोरीहरु देश, विदेशमा कहलिएका हुन्छन् हुन्छन् यो मेरो दाबि हो । जवान भईसक्दासम्म उनीहरूले पढाईको साथमा परिवार, समाज, रितिरीवाज, रहनसहन, संस्कार, संकृति, सामाजिक संरचना, साथित्व, सहयोग र सहकार्य अनि सेवाभावले ओतप्रोत भईकेको हुनुपर्छ र यो सकिन्छ ।

बालबालिकामा महान सोच विकास गराई दिनुपर्छ । सोचमा परिवर्तन, सकारात्मक सोचको उर्जाले भरिएको हुनुपर्छ । बच्चासंग निरासाको कुरा कहिल्यै नगरौं । बेमेलका कुरा रहेछन् भनेपनि उनीहरुलाई सुनाउने नगरौं, उत्प्रेरक कटुवालले भने, बरु बच्चालाई अद्भूत सोचकाे विकास गराउनुस्, आशाका मात्रै कुराहरु गर्नुस्, उनीहरुलाई ढाडस मिल्ने र हिम्मत बढाउने खालको कुरा गर्नुस् । यदी यसो गरियो भने अबको २५, ३० वर्षमा कुनैपनि बच्चा राष्ट्रभर कहलिएको र विदेशले चिनेको नेपालको असल नारिक हुनेछन् ।

त्यसैले पनि होला अशोक सरले कुमुदिनीमा विद्यार्थीलाई बुझेर पढ्ने वातावरण बनाउनु भएको छ । खोज अनुसन्धानमा लगाउन उनीहरुको लागि न्युजिल्याण्डको थ्रिडिआई कक्षा संचालन गरिरहनु भएको छ । यत्तिले मात्रै नपुग्ने भएकोले घरको वातावरण पनि अर्को महत्वपूर्ण पक्ष रहेको बताए । यति भयो भने मलाई आशा छ, अहिले ससाना बालबालिकाहरु देशका होनहार सक्षम, अब्बल र दक्ष नारिक हुनेछन् ।

विद्यालयका संसथापक अध्यक्ष अशोक पालिखेले विद्यार्थी उत्पादनका लागि हामी कुनै सम्झौता गर्दैनौ भने । उनले विद्यार्थीलाई नेपाली मौलिक, कला, संस्कार, संस्कृतिबाट बिमुख बनाउदैनौ भन्दै सकेसम्म सर्वगुण भएको होउन् भन्ने हाम्रो चाहना र लक्ष्य रहेको छ उनले भने।

गाउँ बन्न, टोल, समाज र देश बन्न असल शिक्षा र सबल तथा सक्षम नागरिक हुनुपर्छ । राम्रो शिक्षाकै लागि हामीले कास्की जिल्लामै सबैभन्दा पहिले ब्रिटिश कोर्ष इन्टरनेशनल प्राइमरी करीकुलम अनुसार पढाई शुरु गर्यौं । साथै न्यूजिल्याण्डको थ्रि डिआई कम्प्युटर कोर्षको अतिरीक्त कक्षा संचालन गरिरहेका छौं ।

गएको वर्ष मात्रै विद्यालयले विद्यार्थी, अभिभावक र शिक्षकहरुका लागि २७ वटा तालिम संचालन गरेको र यो वर्षको हालसम्म ६ वटा भईसकेको उनले बताए । विद्यार्थीको पढाईको बारेमा वा आफुलाई लागेका कुनैपनि कुराहरु संकाेच नमानेर विद्यालयमा आएर सल्लाह, सुझाव वा गुनासो भन्न उनले अनुरोध गरे ।

उनले विद्यार्थीलाई सामाजिकिकरणमा पनि जोड दिदै आउटिङमा लैजाने, आयश्रोत नभएका विकट क्षेत्रका आफु सरका विद्यार्थीको लागि पेन्सिल, कपि लगायतका ससाना सहयोगमा रुचि जगाउने, पर्यटन, पर्यापर्यटनका कुराहरु बुझाउने, विद्यालयमा वर्षमा एकपटक टेन्टकाे बसाईकाे अनुभव गराउने लगायतका अतिरिक्त क्रियाकलापहरु भईरहेको बताए ।

परामर्शदाता, उत्प्रेरक रबिन कटुवालको दुई घन्टाको अभिभावकको लागि “शिक्षा र संस्कारको लागि असल अभिभावकको भूमिका” विषयक कार्यक्रमपछि अभिभावकहरु, विद्यार्थीको लागि हाइ स्कुल नामक चलचित्र देखाईएको थियो ।