बीवाईडी गाडी खरिद गर्दा ग्लोबल आईएमई बैंकबाट सहजै कर्जा पाइने

-



     सफल आवाज    
     जेठ ६ गते २०८१ मा प्रकाशित



काठमाडौं, ६ जेठ । ग्लोबल आईएमई बैंक लिमिटेड र बीवाईडी गाडीकाे अायातकर्ता सिमेक्स इंक प्रालि बीच सम्झौता भएको छ। ग्लोबल आईएमई बैंकका ग्राहकलाई सहजरूपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने विषयमा सिमेक्स इंकसँग समझदारी भएको बैंकले बताएको छ ।

उक्त समझदारीपत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र सिमेक्स इंक प्रालिका सेल्स तथा सोरुम म्यानेजर सन्ध्या श्रेष्ठले हस्ताक्षर गरेका छन ।

अब बीवाईडी ब्रान्डको विद्युतीय गाडी खरिद गर्न चाहने ग्राहकलाइ बैंकले सहजै कर्जा दिनेछ । जसका लागि आवश्यक कागजातसहित बैंकमा निवेदन दिनुपर्नेछ ।  बैंकले नियमानुसारका कागजात पुगेपछि ग्राहकलाई तीन दिन भित्र सवारी कर्जा प्रवाह गर्ने बताएकाे छ ।