गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले गर्याे वित्तीय साक्षरता कार्यक्रम

-



     सफल आवाज    
     जेठ ६ गते २०८१ मा प्रकाशित



काठमाडाैं, ६ जेठ। गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले ललितपुर महानगरपालिका १३ मा अवस्थित सामुदायिक विद्यालय महेन्द्र भृकुटी माध्यमिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

सो कार्यक्रमा विद्यालयका प्रधानाध्यापक पुष्पराज जोशी, गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लि.का सहायक महाप्रबन्धक अर्चना प्रधान,अनुपलना अधिकृत तथा संस्थाका अन्य कर्मचारीहरु तथा सो विद्यालयको शिक्षक शिक्षिकाहरु र विद्यार्थीहरुको समुपस्थिति रहेको थियो ।

वित्तीय साक्षरता कार्यक्रमले लक्षित वर्गको वित्तीय चेतना, ज्ञान र सीपको अभिवृद्धि गर्नेे तथा आधुनिक वित्तीय प्रविधिको प्रयोगलाई सरल, सहज र प्रभावकारी बनाउने अपेक्षा गरिएको फाइनान्सले जनाएकाे छ ।

संस्थाले मुलुकभर २३ वटा शाखा कार्यालयहरु, ४ वटा विस्तारित काउण्टरहरुबाट सेवा प्रदान गर्दै आईरहेको छ । संस्थाले ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गरी एटिएम सेवा, मोबाइल बैकिङ्ग सेवाहरु जस्ता आधुनिक बैकिङ्ग सेवाहरु समेत प्रदान गर्दै आईरहेको प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताएका छन ।