कामना सेवा विकास बैंक र एफवान सफ्ट बीच सहकार्य गर्ने सम्झौता

-



     सफल आवाज    
     जेठ ६ गते २०८१ मा प्रकाशित



काठमाडाैं, ६ जेठ । कामना सेवा विकास बैंक र एफ वान सफ्ट प्रालिले बैंकका ग्राहकहरुलाई लक्षित गरी विभिन्न योजनामा सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सो सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकको मोबाईल बैंकिङमा रजिष्टर गरी कुनै पनि रकमको टप–अप गर्ने मध्ये भाग्यशाली ५० जना ग्राहकहरुले ५० को टपअप जित्न सक्नुहुनेछ । यो अफर नयाँ ग्राहकहरुलाई मात्र मान्य हुने बताइएकाे छ ।

ग्राहकहरुले न्यूनतम रु १०० को टप–अपमा वा कुनै पनि डाटा प्याक खरिद गर्दा २ जना भाग्यशाली विजेताले लक्की–ड्र मार्फत इएरबड जित्न सक्नेछन । यो अफर नयाँ तथा पुराना ग्राहकहरु दुवैलाई मान्य हुने जनाइएकाे छ।

यसैगरी, कारोवार गर्ने ग्राहकहरु मध्ये एकजना लक्की विजेताले बम्पर पुरस्कार स्मार्टफोन जित्न सक्ने भनिएकाे छ । यो योजना जेठ मसान्तभर लागु हुनेछ ।

बैंकले हाल देशभर १ सय ३५ वटा शाखा सञ्जाल र ७७ वटा एटिएम वुथ मार्फत् अत्याधुनिक बैंकिङ सेवा सुविधा प्रदान गर्दै आईरहेको छ ।