सांग्रिला डेभलपमेन्ट बैंक र अपोलो हस्पिटल बिच सम्झौता

-



     सफल आवाज    
     जेठ ७ गते २०८१ मा प्रकाशित



काठमाडाैं, ७ जेठ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र अपोलो हस्पिटल बिच छुट सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुगोग श्रेष्ठ र अपोलो हस्पिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत तथा दुगड ग्रुपका उपाध्यक्ष समेत रहेका अभिषेक दुगडले हस्ताक्षर गरेका थिए ।

सम्झौता अनुसार अपोलो हस्पिटलले बैंकका ग्राहक तथा कर्मचारीहरुलाई १० प्रतिशत छुट प्रदान गर्नेछ । साथै अपोलो मेन हस्पिटल चेन्नई, अपोलो क्यानस इन्ष्टिच्यूट चेन्नई, हैदराबाद, बैंगलोर, मुम्बई, न्यु दिल्ली, कोलकाता जस्ता अपोलो हस्पिटलका संजालहरुमा समेत सबै सुबिधा उपलब्ध हुने सम्झौता भएको बैकका प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशीले बताए ।