राष्ट्रिय वाणिज्य बैंकको सीईओ बन्न सर्टलिस्टमा परेका ५ जनाको अन्तरवार्ता आज

-



     सफल आवाज    
     जेठ ९ गते २०८१ मा प्रकाशित



काठमाडाैं, ९ जेठ । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि आवेदन दिएकाहरूबाट सर्टलिस्टमा परेका ५ जनाको अन्तरवार्ता आज हुँदैछ । छनोट समितिको गएकाे आइतबारकाे बैठकले ५ जनाको नाम छनाेट गरेकाे हाे ।

सर्टलिस्टमा परेका उनीहरूले व्यावसायीक कार्ययोजना प्रस्तुत गर्नेछन् । साथै उनीहरूले पेश गर्ने याेजनासंगैअन्तरर्वातामा सहभागि हुनेछन् ।

राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतका लागि सर्टलिस्टमा परेकाहरू नेपाल बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की, बैंककै बहालवाला नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, प्रकाशचन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसी रहेका छन्।