तेस्रो सांग्रिला साइकल र्यालीका लागि रजिष्ट्रेशन नि:शुल्क

-



     सफल आवाज    
     जेठ ९ गते २०८१ मा प्रकाशित



काठमाडाैं, ९ जेठ। सांग्रिला डेभलपमेन्ट बैकले विश्व वातावरण दिवसकाे पुर्वसन्ध्यामा यही जेठ १९ गते शनिबार साइकल र्याली गर्ने भएकाे छ । बैकले “इन्धन बचाऔं, वातावरण जोगाऔं,” भन्ने नाराका साथ डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल, बिवाइडी तथा अन्य संघ संस्थाहरुसँगको सहकार्यमा साइकल र्याली आयोजना गर्न लागेकाे बैकले जनाएकाे छ।

सो साइकल र्यालीमा सहभागी हुन चाहने इच्छुक महानुभावहरुले मिति २०८१ जेष्ठ १६ गतेसम्म https://www.shangrilabank.com/cyclerally/ लिंकमा निशुल्क दर्ता गरी आफ्नो सहभागिताको सुनिश्चितता गर्न अनुराेध गरेकाे छ ।

उक्त साइकल र्याली २०८१ जेष्ठ १९ गते बिहान ७ः०० बजे देखी सानोगौचरण मैदानबाट सुरु भएर नागपोखरी, नारायणहिटि, दरबार मार्ग, भद्रकाली मन्दिर, सहिद गेट, त्रिपुरेश्वर रङ्गशाला, थापाथली, माइतीघर, बिजुलीबजार, नयाँ बानेश्वर पानी ट्याङकी, पुरानो बानेश्वर, गौशाला, रातोपुल, जर्मन एम्बेसीबाट, सानोगौचरण मैदानमा पुगेर समापन गरिने बताइएकाे छ ।

यस साइकल र्यालीमा सांग्रिला डेभलपमेन्ट बैकले वातावरण संरक्षणप्रतिको आफ्नो उत्तरदायित्वलाई आत्मसात गर्दै इन्धनको मितव्ययिता एवं साइकल जस्तो बैकल्पिक यातायातको साधनको प्रयोग गरी प्रदुषण नियन्त्रणमा टेवा पु¥याउन समाजमा चेतना फैलाउन योगदान पुग्ने विश्वास राखेको छ । वातावरणलाई सफा स्वच्छ राख्ने उद्देश्यका साथ “Save Fuel, Save Environment” भन्ने नारा लिएर अगाडि बढेको र यस किसिमका कार्यक्रमहरुलाई निरन्तरता दिदै जाने बैकले जनाएकाे छ ।

सो साइकल र्यालीमा सहभागी भएका सम्पूर्ण सहभागीहरुलाई टिसर्ट र भाग्यशाली १ जना सहभागीलाई साइकल तथा अन्य बम्पर पुरस्कार प्रदान गरिनेछ । विगत वर्षहरुमा झै यस वर्षको तेस्रो साइकल र्याली समेत भब्य रुपमा समापन हुने कुरामा बैंक विश्वस्त रहेको बैकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले बताएका छन ।