काँग्रेस गण्डकीद्वारा मनोनित पत्र प्रदान, सहकारी बचत रकमकाे सुरक्षा राज्यले गर्नुपर्छ : शर्मा

-



     सफल आवाज    
     जेठ १३ गते २०८१ मा प्रकाशित



पाेखरा, १३ जेठ । नेपाली काँग्रेस गण्डकीले मनाेनित सदस्यहरूलाई एक समाराेहबीच मनाेनित पत्र प्रदान गरेकाे छ । प्रदेश सभा हलमा नेपाली काँग्रेस गण्डकी प्रदेश सहकारी विभागका संयोजक सीता गुरुङको सभापतित्व र गण्डकी प्रदेश सभापति शुक्रराज शर्माको प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा मनोनित सदस्यहरूलाई टीका माला लगाएर मनोनित पत्र प्रदान गरिएकाे हाे ।

साे अवसरमा शर्माले सहकारी पीडितलाई न्यायको प्रत्याभूति दिलाउन अपचलन भएको बचतको सुरक्षित गर्ने दायित्व राज्यले गर्नुपर्ने, ऋणीहरुले ऋण असुली गर्ने वातावरण तयार पार्ने काममा सक्रिय भूमिका निभाउन अनुराेध गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

महामन्त्री विष्णु प्रसाद लामिछानेले देशमा सहकारीको बढ्दो विकृति रोक्न काँग्रेस जिम्मेवारी पूर्ण रूपमा लाग्नुपर्ने बताए । सहमहामन्त्री कोपिला रानाभाटले दैनिक सानो सानो बचत जम्मा गरेको बचत कर्ताको रकम निकासा गर्न राज्यले गर्नुपर्ने भूमिका त्यति सकारात्मक नदेखेको बताइन् । उनले यसका विरूद्ध नेपाली काँग्रेसले खबरदारी गर्न खरो रूपमा उत्रिन आग्रह गरिन्।

गण्डकी प्रदेश प्रवक्ता माधव बास्तोलाले सहकारीको नीति नियम बमोजिम कागज पत्र नगरी गैह्र जिम्मेवारी ढंगले केही सहकारीले आर्थिक कारोबार समस्या भएकाे भन्दै विशेष ध्यानार्कषण हुनुपर्नेमा जोड दिए ।

सहकारी विभागका उपसंयोजक चण्डीप्रसाद शर्माले नेपाली काँग्रेस गण्डकी प्रदेशले गण्डकी प्रदेश सहकारी विभाग गठन गरेकाेमा धन्यवाद ज्ञापन गरे । साथै ११ वटै जिल्लाका बैठकमा उपस्थित साथीहरुलाई आआफ्नो जिल्लामा सहकारीको नीति नियम बमोजिम सहकारी सञ्चालन गरिएको छ छैन यसप्रति जिम्मेवारी ढंगले लाग्न आग्रह गरे ।

सहकारी विभाग संयोजक सीता गुरुङले केही बद्मास गर्ने सहकारीका कारण सिंगो सहकारिमा असर परेकाे बताइन् । उनले यस अभियानमा राम्रोसँग सञ्चालन भएका सहकारीका सञ्चालक कर्मचारीको मनोबल घट्ने गरी विकृति ल्याउने बद्मासहरूलाई कडा कारबाही गर्नुपर्नेमा जोड दिइन् ।