कामना सेवा विकास बैंक र इलामकाे होटल स्टन ब्लुबीच सम्झौता

-



     सफल आवाज    
     जेठ १९ गते २०८१ मा प्रकाशित



काठमाडौं, १९ जेठ। कामना सेवा विकास बैंकले इलामकाे होटल स्टन ब्लुसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ। याे सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले रेस्टुरेन्टको मेनु, लजिङ शुल्क तथा सम्पूर्ण सेवाहरुमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

ग्राहकहरुले बैंकको कार्ड, मोबाईल बैंकिङ्ग प्रयोग गरी बैंक सँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्नेछन। यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ।

हाल बैंकले आफ्ना १ सय ३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको बताएकाे छ ।