वि.पी मार्गमा भएको दुर्घटनामा दुईजना घाईते, एकको अवस्था गम्भिर

-



     सफल आवाज    
     जेठ २१ गते २०८१ मा प्रकाशित



पोखरा, २१ जेठ । पोखरा महानगरपालिका वडा नं १३ गौंडाकोमुख वि.पी मार्गमा आज बिहान भएको सवारी दुर्घटनामा दुईजना घाईते भएका छन् ।

वि.पी मार्गबाट लामाचौरतर्फ जाँदै गरेको ग१ख ६३९४ नं को टिप्परमा सोहि दिशातर्फ जाँदै गरेको लु८७प ९५२० नं को मोटरसाईकल पछाडीबाट ठोक्किदा दुईजना घाईते भएका हुन् ।

घाईतेहरुमा मोटरसाईकलमा सवार पोखरा १३ की बबिता रिमाल रहेकी छन् । उनको दुर्ब खुट्टा र ढाडमा चोट लागेको छ । अवस्था गम्भिर रहेको छ ।

यस्तै पोखरा १४ बस्ने मोटरसाइकल चालक कमल थापा रहेका छन् । उनको दुबै खुट्टा, दाँया हातमा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको छ ।

घाईत थापा र रिमालको गण्डकी मेडकिल कलेजमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी बसन्त कुमार शर्माले जानकारी दिएका छन् ।