अपडेट-वि.पी मार्ग दुर्घटना : एकको निधन, एकको उपचार हुँदै

-



     सफल आवाज    
     जेठ २१ गते २०८१ मा प्रकाशित



पोखरा, २१ जेठ । पोखरा महानगरपालिका वडा नं १३ गौंडाकोमुख वि.पी मार्गमा आज बिहान भएको सवारी दुर्घटनामा घाईते भएकी बबिता रिमालको उपचारको क्रममा निधन भएको छ । अर्का घाईतेको उपचार भईरहेको छ ।

वि.पी मार्गबाट लामाचौरतर्फ जाँदै गरेको ग१ख ६३९४ नं को टिप्परमा सोहि दिशातर्फ जाँदै गरेको लु८७प ९५२० नं को मोटरसाईकल पछाडीबाट ठोक्किएको थियाे।

मोटरसाईकलमा सवार पोखरा १३ की बबिता रिमाल र पोखरा १४ बस्ने मोटरसाइकल चालक कमल थापा घाईते भएका थिए । प्रहरीले घाईते दुबैको तत्काल उद्धार गरेर गण्डकी मेडिकल कलेजमा पुर्याएको थियो ।

घाईते थापको गण्डकी मेडकिल कलेजमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी बसन्त कुमार शर्माले जानकारी दिएका छन् । टिप्पर र चालकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गररिहेको जनाएको छ ।