प्रभु बैंक र स्वीस कन्ट्याक्ट बीच सहकार्यकाे सम्झौता

-



     सफल आवाज    
     जेठ २२ गते २०८१ मा प्रकाशित



काठमाडौं, २२ जेठ । प्रभु बैंक लिमिटेड र स्वीस कन्ट्याक्ट, नेपाल एग्रिकल्चर मार्केट डेभलपमेन्ट प्रोग्राम फेज २ बीचमा सम्झौता भएको छ ।

कोशी प्रदेशमा कृषि व्यवसाय गरिरहेका नेपाली कृषकहरुकाे व्यवसायीक विकासमा सहयोग गर्ने गरी स्वीस कन्ट्याक्ट नेपालको सहकार्यमा सञ्चालन गरिने “Growing together: A Sustainable Agriculture initiative for Koshi Province” नामकाे परियोजनाका लागि याे सम्झौता भएको बैकले जनाएकाे छ ।

सोमबार एक कार्यक्रम बीच उक्त सम्झौतापत्रमा स्वीस कन्ट्याक्ट अन्तर्गत नेपाल एग्रिकल्चर मार्केट डेभलपमेन्ट प्रोग्रामका तर्फबाट प्रतिनिधि रीमा श्रेष्ठ तथा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरेका थिए ।

सम्झौता अनुसार नेपालको कोशी प्रदेशमा कृषि व्यवसाय गरिरहेका वा कृषि व्यवसाय गर्ने ईच्छा भएका कृषकहरुलाई प्रभु बैकको नजिकका शाखाहरुबाट कृषि कर्जाका साथै विक्तिय साक्षरता/व्यवसायिक साक्षरता सहज रुपमा उपलब्ध गराइने बैंकले जनाएको छ ।