प्रभु बैंकसँग हार्नेस जिपलाइन र गेट वे हिमालय रिसोर्टले गरे छुट सम्झौता

-



     सफल आवाज    
     जेठ २२ गते २०८१ मा प्रकाशित



काठमाडाैं, २२ जेठ।आन्तरिक तथा बाह्य पर्यटनको प्रशस्त सम्भावना बोकेको जिपलाइन, बन्जी लगायतका साहसिक क्रियाकलापको लागि चर्चित स्थान पर्वत जिल्लाको सदरमुकाम कुश्मामा अवस्थित हार्नेस जिपलाइनले प्रभु बैंक लिमिटेडका कर्मचारी तथा ग्राहकवर्गहरुलाइ बिशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ ।

त्यस्तै आन्तरिक तथा बाहृ पर्यटनको प्रशस्त सम्भावना बोकेको सहासी पदमार्गीहरु माझ लोकप्रिय गन्तब्य लमजुङ जिल्लाको सदरमुकाम बेसिसहरमा अवस्थित गेट वे हिमालय रिसोर्ट प्रा.लिले प्रभु बैंक लिमिटेडका कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा बिशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ।

छुट सम्बन्धी समझदारीपत्रमा हार्नेस जिपलाइन प्रा.लि तर्फबाट प्रबन्ध निर्देशक शुनिल थापा, गेट वे हिमालय रिसोर्ट प्रा.लि तर्फबाट सन्चालन प्रबन्धक नकुल गिरी र प्रभु बैंक लिमिटेडका तर्फबाट बैंकका प्रमुख प्रदेश अधिकृत–गण्डकी प्रदेश राजु राना मगरले हस्ताक्षर गरेका छन।

सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिट-क्रेडिट कार्ड तथा बैंकको अन्य कुनै बिधुतीय माध्यम द्वारा बिल भुक्तानी गर्दा हार्नेस जिपलाइन प्रा.लिमा उपलब्ध बिभिन्न प्रकारका जिपलाइन, जाइन्ट स्विङ, कालिगण्डकीमा राफ्टीङ लगायतका सेवाहरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन ।

हार्नेस जिपलाइन प्रा.लि पछिल्लो तिन बर्षदेखी संचालनमा आएको र छोटो समयमै धेरै साहसिक मनहरुलाई आकर्षित गर्न सफल भएको देखिन्छ। गेट वे हिमालय रिसोर्ट प्रा.लि मा उपलब्ध आवासमा २० प्रतिशत र खाना र मनोरञ्जन लगायतका सेवा हरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन ।

गेट वे हिमालय रिसोर्ट प्रा.लि, पछिल्लो एक दशकदेखी संचालनमा आएको बेशिसहर जिल्लाकै सुबिधा सम्पन्न रिसोर्टको रुपमा परिचित छ ।

हालसालै “बैंक अफ द इयर २०२३” को उपाधी बाट सम्मानित प्रभु बैंकले नेपालभर ३०२ शाखा कार्यलयहरु, २८५ एटीयम साथै ७० भन्दा बढि एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा वढि ग्राहकहरुलाई “बिश्वास लिन्छौं बिश्वास दिन्छौं” मुल नाराका साथमा बैंकिङ्ग एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ ।

बैंकले अत्याधुनिक प्रविधी मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । साथै, छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित समेत भएको छ ।