काँग्रेस कास्कीको सप्ताहव्यापी प्रशिक्षण अन्तर्गत अगुवा महिलाका लागि प्रशिक्षण सम्पन्न

-



     सफल आवाज    
     जेठ २२ गते २०८१ मा प्रकाशित



पोखरा, २२ जेठ । नेपाली कांग्रेस कास्कीले कांग्रेसका अगुवा महिलाहरुलाई प्रशिक्षण दिएको छ ।

काँग्रेस कास्कीको आयोजनामा यही जेठ १७ गतेदेखि २३ गतेसम्म गरिएको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज अगुवा महिलाहरुको लागि प्रशिक्षण दिइएको नेतृ, नेका गण्डकी दस्य तथा सहकारी विभाग प्रमुख सीता गुरुङले जानकारी दिईन् ।

मुख्य प्रशिक्षकमा पुरुषोत्तम दाहाल रहेका थिए । साथै कांग्रेस कास्की सभापति किशोरदत्त वराल र प्रताप पौडेलले प्रशिक्षण दिएका थिए ।

तालिममा सहभागिको तर्फबाट क्षेत्र नं १ काे प्रतिनिधित्व गर्दै महिला नेतृ अप्सरा श्रेष्ठ र क्षेत्र नं २ को प्रसितनिधित्व गर्दै शारदा गिरीले मन्तव्य व्यक्त गरेका थिए ।

यसअघि उपसभापति युवराव कुँवरले सहभागिलाई स्वागत गर्दै कर्याक्रमको उदेश्यमाथि प्रकाश पारेका थिए । नेपाली कांग्रेस कास्कीका उपसभापति रामबाबु भण्डारीको सभापतित्वमा भएको कार्यक्रमको संचालन कार्य सम्पादन समिति सदस्य सीता गुरुङले गरेकी थिईन् भने नेतृ मीना पाण्डेले धन्यवाद ज्ञापन गरेकी थिईन् ।