कामना सेवा विकास बैक र जय शिद्दबाबा चस्मा पसल बीच सम्झौता

-



     सफल आवाज    
     जेठ २३ गते २०८१ मा प्रकाशित



काठमाडाैं, २३ जेठ । कामना सेवा विकास बैंकले बुटवल, रुपन्देहीको जय शिद्दबाबा चस्मा पसलसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।

यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले उक्त चस्मा पसलले प्रदान गर्ने विभिन्न सेवा–सुविधा मध्ये ब्राण्डेड चस्मामा २५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरुले बैंक सँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको छ ।