प्रतिनिधि सभा बैठक: वास्तबिक समस्या पहिचान गर्न माग (Live)

-



     सफल आवाज    
     जेठ २४ गते २०८१ मा प्रकाशित



काठमाडौं, २४ जेठ । प्रतिनिधि सभाको बैठक आज पनि बसेकाे छ । बैठकमा सांसदहरूले बाेलिरहेका छन् । उनीहरूले वास्तबिक समस्या पहिचान गर्न माग गरेका छन्।

बैठकमा अर्थमन्त्री वर्षमान पुनले बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यस्तै ‘विनियोजन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेकाे संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेयले जनाएका छन् । 

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले ‘अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को स्थापनासँग सम्बन्धित सम्झौताको प्रावधानमाथि सदनमा छलफल अनुमोदनका लागि प्रस्ताव गर्ने कार्यसूची पनि रहेको जारी सूचनामा उल्लेख छ ।