ग्राहकहरुलाई खाता विवरण अद्यावधिक गर्न नेपाल एसबिआई बैंककाे आग्रह

-



     सफल आवाज    
     जेठ २४ गते २०८१ मा प्रकाशित



काठमाण्डौ, २४ जेठ । नेपाल एसबिआई बैंकले ग्राहकहरुलाई आफ्नो खाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ ।

नेपाल राष्ट्र बैंकद्वारा जारी एकीकृत निर्देशन २०८०, सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ र सम्पत्ति शुद्धीकरण निवारण नियमावली अनुसार खातावाला तथा निजका हिताधिकारीका ग्राहक पहिचान विवरणहरु अद्यावधिक गर्नुपर्ने भएकाले प्यान नम्बर तथा खाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको हो ।  

ग्राहकहरुले यसअघि बुझाउन बाँकी कागजात तथा विवरण वा परिवर्तित थप विवरण आफ्नो खाता रहेको शाखा वा आफूलाई पायक पर्ने नेपाल एसबिआई बैंकको कुनै पनि शाखामा सम्पर्क गरेर विवरणहरू पेश गर्न बैंकले अनुराेध गरेकाे छ ।

खातावालाहरुले ग्राहक पहिचान विवरण(केवाईसी)अद्यावधिक नगरेमा त्यस्ता खाताहरुको कारोबार रोक्का गरिने बैंकले जनाएकाे छ ।