रोटरी क्लब अफ काठमाण्डौं मेट्रो र काठमाडाैं हेरिटेजद्वारा नि:शुल्क स्वास्थ शिविर सम्पन्न

-



     सफल आवाज    
     जेठ २५ गते २०८१ मा प्रकाशित



काठमाडाैं, २५ जेठ । रोटरी क्लब अफ काठमाण्डौं मेट्रो र रोटरी क्लब अफ काठमाण्डौ हेरिटेजले नि:शुल्क स्वास्थ शिविर आयोजना गरेको छ । उक्त शिविरमा केन्द्रीय कारागार जगन्नाथदेवल, सुन्धाराका ७२ जना महिला कैदिहरुलाई नि:शुल्क स्वास्थ जाँच गरी औषधीहरु बितरण गरिएको थियो ।

दुबै क्लबका सदस्यहरु, रोट्रर्याक सदस्यहरु तथा कारागारका कर्मचारीहरुको सहयोगमा सम्पन्न भएको उक्त कार्यक्रममा स्त्री रोग बिशेषज्ञहरुले उपस्थित महिला कैदिहरुलाई बिभिन्न स्त्री रोगहरुको बारेमा जानकारी गराउंदै त्यसका लागि उपचार तथा अपनाउनुपर्ने सावधानीहरुको बारेमा जानकारी दिए ।

कार्यक्रमले महिला कैदिहरुको स्वास्थमा लाभ भई उनिहरुको आर्थिक, सामाजिक र ब्यक्तिगत जिवनमा पनि सकारात्मक प्रभाव पर्ने दुबै क्लबले बिश्वास लिएका छन् ।

रोटरी क्लब अफ काठमाण्डौं मेट्रोले यस्ता बिभिन्न खालका सामाजिक कार्यहरु गर्दै आईरहेको छ । रोटरी क्लब अफ काठमाण्डौं हेरिटेज समाजिक कार्य गर्न हालसालै खोलिएको नयाँ क्लब हो ।