सांग्रिला डेभलपमेन्ट बैंकद्वारा प्रभात माविका विद्यार्थीहरुलाई व्याग वितरण

-



     सफल आवाज    
     जेठ २५ गते २०८१ मा प्रकाशित



काठमाडाैं, २५ जेठ । बालुवाटारमा केन्द्रीय कार्यालय रहेकाे सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले नघल टोल २८, काठमाडाैं स्थित प्रभात माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई अाज स्कूल व्याग वितरण गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कक्षा ७, ८, ९ र १० का विद्यार्थीहरुलाई वित्तीय शिक्षा तथा सचेतना अभिवृद्घि कार्यक्रम संचालन गरेसंगै त्यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई १५० थान स्कूल व्याग , कापी तथा कलम वितरण गरेको हो ।

सो व्याग वितरण कार्यक्रममा बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशी र प्रभात माध्यमिक विद्यालयको तर्फबाट प्रधानाध्यापक राजेश्वर मान श्रेष्ठको उपस्थिति रहेको थियो ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको बताइएकाे छ ।