गण्डकीमा मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

-



     सफल आवाज    
     जेठ २८ गते २०८१ मा प्रकाशित



गण्डकी, २८ जेठ । गण्डकी प्रदेश सरकार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत प्राप्त भएको छ ।

गण्डकी प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासको मतसम्बन्धी राखेको प्रस्ताव सभाले बहुमतले पारित गरेको हो ।

मुख्यमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३१ र विपक्षमा २८ मत परेको छ । पक्षमा नेपाली कांग्रेसका २७, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई, स्वतन्त्र प्रदेशसभा सदस्य एक र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रदेशसभा सदस्य फणीन्द्र देवकोटाको मत परेको जनाइएको छ ।

विश्वासको मतका पक्षमा देवकोटाले फ्लोर क्रस गरेपछि प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र माओवादी केन्द्रका प्रदेशसभा सदस्यले नाराबाजी गरेका थिए ।