माछापुच्छ्रे गाउँपालिकामा गुडिया-कुसन बनाउने तालिम सुरु

-



     सफल आवाज    
     जेठ २८ गते २०८१ मा प्रकाशित



पाेखरा, २८ जेठ । माछापुच्छ्रे गाउँपालिका उप मेयरसँग महिला उद्यमशीलताअन्तरगत महिला लक्षित गुडिया कुसन बनाउने तालिम आजबाट सुरु भएकाे छ । तालिम जेठ ३२ गतेसम्म स‌न्चालन हुने तालिममा ३६ जना दिदी बहिनीहरु सहभागी भएका छन् ।

माछपुच्छ्रे २ महिला सञ्जालकी उपाध्यक्ष दुर्गा नेपालीको अध्यक्षतामा भएकाे कार्यक्रममा माछापुच्छ्रे गाउँपालिका उपप्रमुख सीता अधिकारीले उपप्रमुखसंग महिला कार्यक्रम अन्तर्गत ५०० भन्दा बढी दिदी बहिनीहरूलाई विभिन्न प्रकारका शिपमुलक तालिम दिएकाे बताइन् ।

उनले तालिमबाट स्व आयआर्जन गर्न केही दिदी बहिनी लागिसकेको बताउदै तालिम तालिममा मात्र सीमित नरहने गरी सिप सिक्न अनुराेध गरिन् । विशेष अतिथि माछापुछ्रे २ का वडा अध्यक्ष गणेश आचार्यले शिप सिकेका दिदी बहिनीहरूलाई वडामा व्यवसाय दर्ता नि:शुल्क गर्ने प्रतिबद्दता ब्यक्त गरे ।

कास्की पोखरा हस्तकला संघकी उपाध्यक्ष तथा स्वस्तिक हस्तकला उद्योगका प्रोप्राइटर सीता गुरुङले आफ्नो पहिचान सहितको आय आर्जन गर्नका लागि व्यावसायीक महिला उद्यमी बन्न आग्रह गरिन्।

यसअघि पालिका सदस्य सर्मिला तामाङलले सहभागिलाइ स्वागत गरेकी थिइन् । सी एल सि परिचालिका सीता आचार्यले कार्यक्रम सञ्चालन गरेकी थिइन्।