एमाले काभ्रेको अध्यक्षमा राजन भुर्तेल निर्वाचित

-



     सफल आवाज    
     जेठ ३१ गते २०८१ मा प्रकाशित



काभ्रेपलाञ्चोक, ३१ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) काभ्रेपलाञ्चोक जिल्ला कमिटी अध्यक्षमा ३ सय ८० मत प्राप्त गरी राजन भुर्तेल निर्वाचित भएका छन् ।

अध्यक्षका प्रतिस्पर्धी चन्द्रबहादुर लामालाई ८१ मतले पछि पार्दै भुर्तेल विजयी भए । जिल्ला कमिटी उपाध्यक्षमा देवसागर लामा, सचिवमा राजकुमार सापकोटा, उपसचिवमा रत्नकुश रञ्जीतकार र सूर्यमाया दनुवार निर्वाचित भएका छन । मतदानमा ६ सय ७९ जना सहभागी भएका थिए ।

धुलिखेलमा आयोजित अधिवेशनको पार्टी अध्यक्ष केपी ओलीले उद्घाटन गरेका थिए । जिल्ला कमिटीमा पाँच पदाधिकारी, भौगोलिक क्षेत्रबाट ८०, समावेशीतर्फ १३ र खुलामा ७ सदस्य गरी १ सय ५ जना निर्वाचित भएका छन् ।