मिरा बायोटेक र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग बीच वित्तीय परामर्श सेवा सम्झौता

-



     सफल आवाज    
     असार ६ गते २०८१ मा प्रकाशित



काठमाडाैं, ६ असार । मिरा बायोटेक प्रा.लि. र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लि. वित्तीय परामर्श सेवा प्रदान गर्ने बिषयमा सम्झौता भएको छ ।

एक कार्यक्रमका बीच मिरा बायोटेक प्रा.लि.तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुशील पौडेल र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन।

कार्यक्रममा दुवै संस्थाका सिनियर कर्मचारीहरुको उपस्थिति रहेको थियो । मिरा बायोटेक प्रा.लि. ले डब्लुएचओ मापदण्ड बमोजिम औषधी उच्पादन गर्दै आइरहेको छ । कम्पनीले स्थानीय र विदेशी बजारहरुका लागि औषधीजन्य ठोस खुराक उत्पादन तथा वितरण गर्दै आईरहेको छ ।

वित्तीय परामर्श अन्तरगत नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले वित्तीय नुन–संरचना, वित्तीय व्यवस्थापन, व्यवसायिक योजना र संस्थाको संरचना हेरपफेर सेवाहरु उपलब्ध गराउने बताइएकाे छ ।