प्रभु बैंकले गर्याे बन्दिपुरका बिभिन्न होटल तथा रेष्टुरेण्टहरुमा छुट सम्झौता

-



     सफल आवाज    
     असार ६ गते २०८१ मा प्रकाशित



काठमाडाैं, ६ असार । प्रभु बैंक लिमिटेडले बन्दिपुरका बिभिन्न होटल तथा रेष्टुरेण्टहरुमा छुट सम्झौता गरेकाे छ। बैकले तनँहु बन्दिपुरमा अवस्थित बन्दिपुर ईको होटल प्रा.लि, हेरिटेज गेष्ट हाउस एण्ड रेष्टुरेण्ट, होटल दरबार हिमालय, फाल्चा खाजा घर, बहिदार घर क्याफे, गुड होटल प्रा.लि., हिल्स सेभेन रेष्टुरेण्ट एण्ड लज, होटल तिनधारा, वल्ड हाउस क्याफे एण्ड लजमा आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरुलाइ बिभिन्न् सेवाहरुमा बिशेष छुट प्रदान गर्ने सम्झौता गरेको हाे ।

छुट्टाछुट्टै समारोहका बिच सम्पन्न सम्झौतामा बन्दिपुर ईको होटल प्रा.लि को तर्फबाट निर्देशक सूर्य प्रसाद ढकाल, हेरिटेज गेष्ट हाउस एण्ड रेष्टुरेण्टका प्रोपाइटर संगिता प्रधान, होटल दरबार हिमालयका प्रोपाइटर सीर कुमारी गुरुङ, फाल्चा खाजा घरका प्रोपाइटर मिनु प्रजापति, बहिदार घर क्याफेका प्रोपाइटर प्रतिमा श्रेष्ठ, गुड होटल प्रा.लि.का निर्देशक बिश्व प्रकाश सुल्पे, हिल्स सेभेन रेष्टुरेण्ट एण्ड लजका प्रोपाइटर रबी शान्ति पिया, होटल तिनधाराका प्रोपाइटर सुमन सन श्रेष्ठ, वल्ड हाउस क्याफे एण्ड लजका प्रोपाइटर नन्दा पिया र प्रभु बैंक लिमिटेडका तर्फबाट डुम्रे शाखाको शाखा ईन्चार्ज बिटु माया बस्नेतले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।

सम्झौता अनुसार प्रभु बैंकका ग्राहकबर्गहरु,कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारी का परिवारजनले माथि उल्लेखित सम्झौतामा भएका होटल तथा रेष्टुरेण्ट मा उपलब्ध सेवाहरु जस्तै आवास, खाना, मनोरञ्जन सभाहल लगायतका सेवाहरुमा ५ देखि २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन । प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुले आफ्नो बैंकसँगको आबद्धता प्रमाणको आधारमा यो सुबिधा सहजै प्राप्त गर्न सक्ने बताइएकाे छ ।

ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधी बाट सम्मानित प्रभु बैंकका नेपालभर ३०६ शाखा कार्यलयहरु, २८६ एटीयम साथै ७० भन्दा बढि एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा वढि ग्राहकहरुलाई “बिश्वास लिन्छौं बिश्वास दिन्छौं” मुल नाराका साथमा बैंकिङ्ग एवं वित्तीय सेवा प्रवाह गरिरहेको बैंकले अत्याधुनिक प्रविधी मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।