लियो डिष्ट्रिक्ट ३२५ के नेपालकाे रिजन २ द्धारा आयोजित कलाकृति कार्यक्रम सम्पन्न

-



     सफल आवाज    
     असार ९ गते २०८१ मा प्रकाशित




पाेखरा, ९ असार। लियो डिष्ट्रिक्ट ३२५ के नेपाल रिजन २ द्धारा आयोजित कलाकृति कार्यक्रम शनिबार पाेखरामा सम्पन्न भएकाे छ । गैर्हापाटनकाे पोखरा थिएटरमा भएकाे उक्त कार्यक्रमकाे प्रमुख अतिथि लायन्स डिष्ट्रिक्ट ३२५ के नेपालका डिष्ट्रिक्ट गभर्नर लायन सुुचित्रा थापाले उद्घाटन गरेकी थिइन ।

लियाे क्लब अफ पोखरा लेक सिटिले होस्ट गरेको उक्त कार्यक्रममा साहित्यकार वसन्त विनोद ,कवी अभ्यग्र अस्मित लगायत विभिन्न कलाकारहरूको गित,भजन, नृत्य, कमेडी, गजल ,मुक्तक कविता आदी प्रस्तुती रहेको रिजन कोअर्डिनेटर लियो विशाल अर्यालले बताए ।

कार्यक्रमका विशेष अतिथि लायन्स डिष्ट्रिक्ट ३२५ के नेपालका इलेक्ट फष्ट भाइस डिष्ट्रिक्ट गभर्नर लायन दुर्गा प्रसाद हुमागाई, अतिथी डा. तुल्सी प्रवास, लियो प्रेसिडेन्ट अविरल पौडेल, साजन भन्डारी लगायतकाे सहभागिता रहेकाे उक्त कार्यक्रममा करिव १५० जनाको उपस्थिति रहेको थियो ।

कलाकृति कार्यक्रमकाे संयोजन लियो अर्जून न्यौपानेले गरेका थिए । सह सयोजकमा गणेश गौतम, हेमन न्यौपाने,अन्जु दाहाल, आशिका चालिसे, अमृत लामिछाने, प्रमिशा सपकोटा रहेका थिए । कार्यक्रमकाे उदघोषकमा लियो आशिष लामिछाने र शहनसिला पौडेल रहेका थिए ।