गरिमा विकास बैंकका ग्राहकले विभिन्न संस्थाका वस्तु तथा सेवामा ६० प्रतिशतसम्म छुट पाउने

-



     सफल आवाज    
     असार १० गते २०८१ मा प्रकाशित




काठमाडाैं, १० असार। गरिमा विकास बैंकका ग्राहकले विभिन्न व्यवसायिक संस्थाका वस्तु तथा सेवामा छुट पाउने भएका छन् । शिक्षा,स्वास्थ्य तथा दैनिक उपभोग्य वस्तु तथा सेवा आपूर्तिकर्ताहरूसँगको समन्वयमा बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने व्यवस्था मिलाइएको हो ।

सम्झौता पश्चात गरिमा विकास बैंकका डेविट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुले उपलब्ध गराउने विभिन्न साम्रागी तथा सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

विकास बैंकका ग्राहकहरुले युएसएमा आधारित कोडिङ शैक्षिक संस्थाको अधिकृत साझेदार मेन्टरल्याव इडिएक्सले प्रवाह गर्ने सेवामा अधिकतम ६० प्रतिशत सम्म छुट पाउनेछन् । मेन्टरल्याव इडिएक्सले बालबालिकाहरुलाई कोडिङ र एआई बुझ्न विशेष मद्दत गर्दछ ।

यसैगरी विकास बैंकका ग्राहकहरुले लगनखेल ललितपुरकाे पेडल साईकल हाउसमा साइकल खरिदमा अधिकतम १५ प्रतिशत र तिलोत्तमा ५ रुपन्देहीमा अवस्थित एनजि मार्केटका वस्तु तथा सेवाहरुमा अधिकतम १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

यस किसिमको सहकार्यबाट विकास बैंकका डेविट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १ सय २३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटिएम मार्फत ग्राहकहरुलार्ई वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ ।