गण्डकी बोर्डिङका आयुष र ओजश्वीले ल्याए ४ जिपिए

-



     सफल आवाज    
     असार १३ गते २०८१ मा प्रकाशित



पोखरा, १३ असार । माध्यमिक शिक्षा परिक्षा (एसइई) मा पोखरा महानगरपालिका लामाचौरमा रहेको गण्डकी बोर्डिङ स्कुलका दुई विद्यार्थीले ४ जिपिए ल्याएका छन् । ति विद्यार्थीहरु आयुष पराजुली र ओजश्वी शर्मा रहेका छन् ।

एसइईमा सहभागि भएका १२१ जना विद्यार्थीहरुमा ९० जना ३.६० देखि ४ जिपिए सम्म ल्याउने रहेका छन् । २४ जना विद्यार्थीले ३.२० देखि ३.६० जिपिए र २ जना विद्यार्थी २.८ देखि ३.२० जिपिएसम्म रहेका छन् । १२१ जना विद्यार्थीमध्ये एक जना शुरुमै परिक्षामा अनुपस्थित थिए । अरु थप दुई जना नतिजामा अनुस्थित देखिएका छन् ।

परिक्षा नियन्त्रण कार्यालय सानो ठिमी, भक्तपुरमा आज बिहान बसेको राष्ट्रिय परिक्षा बोर्डको बैठकले सार्बजनिक गरेको नतिजा अनुसार ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । उनीहरुमा १८६ जनाको ४ जिपिए आएको छ । परिक्षामा सहभागि ५२.१४ प्रतिशत परीक्षार्थी अनुत्तीर्ण भएका छन् ।

बोर्डका अनुसार २२१ जना परीक्षार्थीको परिक्षा रद्द गरिएको छ । ४ लाख ६४ हजार ७८५ जना परीक्षार्थीमध्ये २ लाख ४२ हजार ९२ जनाको एनजी आएको छ ।

यो पटक बोर्डले नयाँ ‘लेटर ग्रेडिङ’ प्रणालीअनुसार नतिजा सार्वजनिक गरेको जनाएको छ । यसमा सैद्धान्तिकतर्फ ३५ प्रतिशत अङ्क नल्याउने विद्यार्थी फेल ‘नन ग्रेडेड’ एनजी मा रहेका छन् ।

सैद्धान्तिक ७५ पूर्णाङ्क रहेका विषयमा २७ अङ्क र आन्तरिक मूल्याङ्कनमा २५ पूर्णाङ्कमा १० अङ्क ल्याउनै पर्ने हुन्छ । १०० पूर्णाङ्कमा विद्यार्थीले ३७ अङ्क ल्याउनुपर्ने हुन्छ ।

बोर्डका अनुसार दुई विषयमा ‘एनजी’ ल्याएकोले एक महिनापछि हुने पूरक परीक्षामा परीक्षा दिन पाउनेछ । गत २०८० चैत १५ देखि २७ गतेसम्म एसईई परिक्षा सन्चालन गिरएको थियो । परिक्षामा ४ लाख ८८ हजार परीक्षार्थी सहभागी भएका थिए ।

रिजल्ट हेर्नका लागि नेपाल टेलिकमको ल्यान्डलाइन फोन, मोबाइलबाट १६०० डायल प्राप्त निर्देशनअनुसार थाहा पाउन सकिने छ। एसएमएसबाट मोबाइलको म्यासेज बक्समा SEE<space> <symbol number> टाइप गरी १६०० मा पठाउनुपर्ने छ। वेबसाइटको लागि Website: http://see.ntc.net.np मार्फत हेर्न सकिने भएकाे छ।

नतिजा तलकाे सूचनामा गएर हेर्नुहोस्