सारथी केन्द्रले कोशेली घर सञ्चालन गर्ने

-



     सफल आवाज    
     असार १४ गते २०८१ मा प्रकाशित



असार १४, पोखरा । सारथी केन्द्रले पोखरामा कोशेली घर सञ्चालनमा ल्याउने भएको छ । केन्द्रले राष्ट्रिय स्तरको सृष्टि क्रियसन कोशेलीघर सञ्चालन गर्न लागेको हो ।

कोशेली घरमा स्थानियस्तरमा उत्पादित हस्तकला, घरेलु तथा कृषिजन्य उत्पादन राखिने केन्द्रका अध्यक्ष शान्ती उदास श्रेष्ठले जानकारी दिइन्।

कोशेली घर सञ्चालनका लागि अहिले उत्पादनका नमुना संकलन कार्य हुँदैछ । शुक्रबार असार १४ गते सारथी केन्द्रको कार्यालय नदिपुरमा विहान ११ बजेदेखि दिंउसो १ बजे सम्म उत्पादनको नमुना संकलन गरिएकाे छ । साना उद्यमीहरुलाई आफ्नो उत्पादन सहित बिटुबि कार्यक्रममा सहभागी हुन केन्द्रका अध्यक्ष उदासले अनुरोध गिरन्।

संकलन भएको उत्पादनका नमुनाबाट उत्कृष्ट उत्पादनहरुको कोशेली घर मार्फत बजारीकरण गरिने छ । कोशेली घरले पोखरा घुम्न आएका पर्यटक तथा स्थानिय उत्पादन मनपराउनेका लागि उत्पादनहरु लक्षित गरेको छ ।