सतलोक आश्रम धनुषामा ६२७ औँ कवीर प्रकट दिवस सम्पन्न

-



     सफल आवाज    
     असार १६ गते २०८१ मा प्रकाशित



धनुषा, १६ असार । जगतगुरु तत्वदर्शी सन्त रामपालजी महाराजको सानिध्यमा कवीर साहेबको ६२७ औ प्रकट दिवस भव्यताका साथ मनाइएको छ। कार्यक्रममा विशाल भण्डारा, निःशुल्क मन्त्र दीक्षा, रक्तदान तथा दाइजोमुक्त विवाह भएको थियो। नेपाल तथा भारतका विभिन्न राज्यबाट भक्तजनहरूको बाक्लो उपस्थिति रहेको सो कार्यक्रममा निःशुल्क भण्डाराको व्यवस्था गरिएको थियो।

कार्यक्रममा उपस्थित सबै भक्तहरूलाई शुद्ध घिउमा बनेका परिकारहरू बनाई चौबिसै घण्टा भण्डाराको आयोजना गरिएको कुरा सतलोको आश्रम धनुषाका संयोजक रामकृपाल दासले बताए।

कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री, सभामुख, मन्त्रीगण, नगर प्रमुख,  प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा निकायका पदाधिकारीहरुको बाक्लो उपस्थिति रहेको थियो। नेपाल तथा भारतका विभिन्न राज्यबाट भक्तजनहरूको बाक्लो उपस्थिति रहेको थियो।

समाजमा विद्यमान पाखण्डबाद जातिवाद तथा नास्तिकतालाई ज्ञान मार्फत मानिसहरूलाई सभ्य र सुसंस्कृत बनाउनका निमित्त कवीर साहेब काशीस्थित लहर तारा तलाउमा सशरीर प्रकट हुनुभएका कुरा इतिहासमा विद्यमान भएको संस्थाका संयोजक रामकृपाल दासले जानकारी गराए। उक्त कार्यक्रमका अवसरमा सयौं भक्तजनहरूले रक्तदान गरेका थिए भने बाइस जोडीले बिना दाइजो विवाह सम्पन्न गरेका थिए।

कवीर साहेबले दिनुभएको तत्व ज्ञान मार्फत आफूहरू मर्यादित सहिष्णु र ज्ञानी भएको जानकारी कार्यक्रममा उपस्थित भक्तजनहरूले बताएका थिए। उनले बताएअनुसार भक्ति गर्नाले विभिन्न रोगहरू, आत्मिक शुद्धता र मोक्षको निमित्त गर्नपर्ने साधना उनको तत्व ज्ञान मार्फत पाएको कुरा समेत जानकारी गराएका थिए।

उक्त कार्यक्रममा २२ नवजोडीले सन्तवाणी रमैणी मार्फत विवाह गरेका थिए। वैवाहिक बन्धनमा बाँधिएकोमा आफूहरू अत्यन्तै खुसी भएको कुरा विवाह गर्नुभएका दुलाहा र दुलहिले जानकारी गराएका थिए। यसरी बिना दाइजो विवाह हुँदा पारिवारिक शान्ति र दाम्पत्य जीवनमा सुख र समृधि प्राप्त हुने कुरा नवजोडीले बताएका थिए।

समाज सुधारक एवं तत्त्वदर्शी सन्त रामपालजी महाराजले आयोजना गर्नुभएको उक्त तिन दिवसीय कार्यक्रम भव्य रुपमा सम्पन्न भएको सतालोक आश्रम धनुषाका संयोजक रामकृपाल दाससजीले जानकारी गराए।