३५ करोडको अग्राधिकार शेयर जारी गर्दै कामना सेवा बैंक

-



     सफल आवाज    
     असार १८ गते २०८१ मा प्रकाशित



काठमाडाैं, १८ असार। काठमाडाैंकाे ज्ञानेश्वरमा प्रधान कार्यालय रहेकाे कामना सेवा विकास बैंकले अग्राधिकार शेयर निष्कासन गर्ने भएको छ । बैक सञ्चालक समितिको हिजाे साेमबार बसेको बैठकले अग्राधिकार शेयर निष्कासन गर्ने निर्णय गरेको हो ।

विकास बैंकले आगामी वार्षिक साधारण सभाबाट तथा नेपाल राष्ट्र बैंक लगायत नियमनकारी निकायको स्वीकृति प्राप्त भएपछि  १०० रुपैयाँका दरले ३५ लाख इकाई अर्थात् ३५ करोड रुपैयाँ बराबरको अग्राधिकार शेयर निष्कासन गर्ने निर्णय गरेको बताइएकाे छ ।

बैकका अनुसार ९ प्रतिशत लाभांस दर कायम गरी मुनाफा भएको वर्ष मात्र मुनाफा वितरण हुने गरि याे शेयर निष्कासन गरिनेछ। कुनैपनि सुरक्षण नराखी व्यक्तिगत तवरबाट संस्थागत लगानीकर्ताहरुको लागि मात्र याे शेयर बिक्री गरिने बैककाे   सूचनामा उल्लेख गरिएकाे छ।