नागरिक लगानी कोषकाे लाभांश आजसम्म सुरक्षित गर्न सकिने

-



     सफल आवाज    
     असार १९ गते २०८१ मा प्रकाशित



काठमाडौं, १९ असार । नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्न सेयरधनीहरूका लागि आज असार १९ गते अन्तिम दिन बाँकी रहेकाे छ ।

कम्पनीले साधारण सभा प्रयोजनार्थ भाेलि असार २० गते बुक क्लोज गर्ने जनाएकाे छ । सभामा सहभागि हुन र लाभांश पाउनका लागि सेयरधनीहरूले आजसम्म नेप्सेमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ ।

कोषले असार ३१ गते साधारण सभा बाेलाएकाे छ । काेषले २९ औं साधारण सभा त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा बेालाएकाे हाे । सभा पूर्वान्ह ११ बजे सुरु हुनेछ ।

सभामा गत वर्षको नाफाबाट सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर तथा कर प्रयाेजनका लागि ०.७३६ प्रतिशत नगद लाभांशुहित १४.७३६ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव पेश गरिनेछ । 

सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सानबारे हरहिसाबका बारेमा छलफल हुनेछ । यस्तै लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक निर्धारण गरिने भएकाे छ ।

साधारण सभा प्रयोजनका लागि असार २० गते बुक क्लोज गरिने भएकाे छ । साधारण सभामा भाग लिनका लागि र लाभांस पाउनका लागि सेयरधनीहरूले असार १९ गतेसम्म सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ ।