बिन्धावासिनी सहकारी ठगी मुद्दाका २ जना प्रतिवादी पक्राउ

-



     सफल आवाज    
     असार २६ गते २०८१ मा प्रकाशित



पोखरा, २६ असार । बिन्धावासिनी सहकारी ठगी मुद्दाका २ जना प्रतिवादी पक्राउ परेका छन् । उनीहरुमा पूर्व संचालक सचिव र पूर्व लेखा संयोजक रहेका छन् ।

पोखरा महानगरपालिका वडा नं ९ न्यूरोडमा संचालनमा रहेको सो सहकारीको संचालक समितिका पदाधिकारीहरू समेतले निक्षेपकर्ताहरूको बचत रकम फिर्ता नगरी सहाकारीको रकम हिनामिना, अपचलन एवं ठगी गरेको कसूरमा संलग्न रही फरार रहेका पूर्व संचालक समितिका सचिव पोखरा वडा नं १७ बिरौटा बस्ने किरण कपाली र सोही संस्थाका पूर्व लेखा समिति संयोजक बुद्दी सागर ढकाललाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

प्रहरीले उनीहरलाई पक्राउ गरेर अदालतमा उपस्थित गराएको जानकारी दिएको छ ।