मौवाखोलामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

-



     सफल आवाज    
     असार २७ गते २०८१ मा प्रकाशित


gf/fo0fu9–d'lUng ;8ssf] klx/f] x6fOFb} e/tk'/, ^ ;fpgM nuftf/sf] em/Ln] gf/fo0fu9–d'lUng ;8sv08 cGtu{t rf/ lsnf]df uPsf] klx/f] 8f]h/n] x6fOFb} . t:jL/M s[i0f cfrfo{÷/f;;


भरतपुर, २७ असार । चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोलामा आज बिहान पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

अहिले सडक डिभिजन कार्यालयको ‘स्काभेटर’को प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिए ।

पहिरो पन्छाइरहेका ठाउँमा पानी परिरहेको र लेदो खसिरहेकाले सडक खुलाउन हुन केही समय लाग्ने उनले बताए। अहिले गन्तव्यमा हिँडेका सवारी साधन सडकमा नै रोकिएका छन् ।

सडक विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गमा बर्खा सुरु भएसँगै पटक–पटक पहिरो खसेर सडक अवरुद्ध हुने गरेको छ ।