काठमाडाैं, १७ भदाै । नबिल बैंक लिमिटेडको विशेष साधारण सभा आज हुँदैछ। साे विशेष साधारण सभा जुम मार्फत बिहान ११ बजेदेखि सुरु गरिने बैकले जनाएकाे छ ।
बैंकले विशेष साधारण सभा प्रयोजनका लागि भदौ ७ गते बुक क्लोज गरिसकेको छ भने भदौ ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै सभामा सहभागी हुन पाउने जनाएकाे छ।
सभाले अग्राधिकार सेयर जारी गर्ने र अधिकृत,जारी तथा चुक्तापूँजी वृद्धि गर्ने तथा प्रबन्धपत्र र नियमावलीको आवश्यक संशोधन गर्ने लगायतका अजेण्डाहरु पारित गर्ने जनाएकाे छ ।